वीरगञ्ज । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन वटा अध्यादेश पेस गर्नुभएको छ । बिहीबार सिंहदरबारस्थित संसद भवनमा बसेको पहिलो अधिवेशनको पहिलो बैठकमा ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरिएको हो । गत फागुन २१ गतेका लागि प्रतिनिधिसभा... विस्तृतमा
वीरगञ्ज । पर्सा जिल्लामा खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको पर्याप्त मौज्दात रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कृत्रिम अभाव सिर्जना नगर्न सरोकारवालालाई चेतावनी दिएको छ। पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई नियमित तथा व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो। बैठकमा... विस्तृतमा
काठमाण्डौ । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँ थियो । यस्तै... विस्तृतमा
वीरगञ्ज। मारवाडी प्रिमियर लिग (एमपिएल) तेस्रो संस्करणको विजेता गौरीशंकर हिटर्सले आफ्ना खेलाडी, प्रशिक्षक तथा प्रायोजकलाई सम्मान गरेको छ। एमपिएलको... विस्तृतमा
