आज:  | Wed, 08, Apr, 2026

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०७:४५ मा प्रकाशित (६ दिन अघि)

वीरगञ्ज । बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा मिखाइल मिशुस्टिन ले बधाई ज्ञापन गर्नुभएको छ ।

रूसी प्रधानमन्त्री मिशुस्टिनले सन्देशमार्फत रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो ।

बधाई सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध अझ विस्तार हुँदै मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावना सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै, दुई देशबीच सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोगका क्षेत्रहरूमा थप प्रगति हुने उल्लेख गरिएको छ ।

नेपालस्थित रूसी राजदूतावासका अनुसार यस सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित खबरहरु