वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि देखिएको विरोधप्रति प्रतिक्रिया दिएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै न्यायको पक्षमा उभिनुपर्ने बताएका हुन् ।
‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइँदैन,’ उनले भने ।
एमाले सांसद गुरु बरालले ओली र लेखकको रिहाइको माग गरेपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विपक्षी दलहरूलाई विधि र प्रक्रियाको पालना गर्न आग्रह गरे ।
साथै, सत्ता परिवर्तनसँगै ‘विदेशी चलखेल’ भन्ने आरोप दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले पारदर्शी परराष्ट्र नीति अपनाउने बताएका छन् ।
‘सत्ता छाडेपछि विदेशी चलखेल भन्ने पुरानो खेल अब दोहोरिने छैन। हाम्रो सरकारले राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ,’ उनले भने
