आज:  | Thu, 02, Apr, 2026

ललितपुरमा जुवा खेलेका २१ जना पक्राउ, ९ लाख नगद बरामद

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०९:४८ मा प्रकाशित (२ घण्टा अघि)

काठमाडौँ । प्रहरीले महालक्ष्मी नगरपालिका–७, चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जुवा खेलमा संलग्न व्यक्तिहरूको हातबाट ९ लाख ७ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटी ले जानकारी दिएका छन्।

प्रहरीको अनुसन्धान अनुसार, भिल्लाको दोश्रो तल्लामा मोहन कृष्ण शाहीले कौडा खेलाएको खुलासा भएको छ। पक्राउ परेका सबै आरोपीमाथि थप अनुसन्धान जारी रहेको छ।


सम्बन्धित खबरहरु