आज:  | Thu, 02, Apr, 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार ०७:५० मा प्रकाशित (४ घण्टा अघि)

काठमाडौँ । इन्डोनेसिया मा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय तथा ऐतिहासिक सहर टर्नेटबाट करिब १२० किलोमिटर टाढा रहेको छ ।

भूकम्पपछि केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर क्षेत्रभित्र पर्ने इन्डोनेसिया, फिलिपिन्समलेसिया का तटीय क्षेत्रमा सुनामी आउन सक्ने सम्भावना औँल्याउँदै सतर्कता अपनाउन निर्देशन दिइएको छ । भूकम्पको धक्का जापान सम्म महसुस गरिएको जनाइएको छ ।

जापान ले पनि आफ्ना केही समुद्री तटमा पानीको सतहमा सामान्य परिवर्तन हुन सक्ने चेतावनी दिएको छ ।

मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुई वटा पराकम्प पनि गएका छन् । थप शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोलीहरू परिचालन गरिएका छन् । हालसम्म मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन ।

स्थानीय प्रशासनले आपतकालीन तयारीलाई उच्च सतर्कतामा राखिएको जनाएको छ ।


सम्बन्धित खबरहरु