आज:  | Wed, 08, Apr, 2026

एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ‘राष्ट्रहितविपरीत सम्झौता अस्वीकार्य’

Avatar photo दिशा निर्देश १९ चैत्र २०८२, बिहीबार १६:५१ मा प्रकाशित (५ दिन अघि)

वीरगञ्ज । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता खारेज गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष राईले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन तथा असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी परियोजना खारेज गर्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले कुनै पनि असमान तथा राष्ट्रहितविपरीत हुने व्यापारिक वा विकास सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै एमसीसीलाई सैन्य रणनीतिक उद्देश्यसँग जोडिएको परियोजना भएको दाबी गर्नुभयो ।

साथै, सीमावर्ती क्षेत्रमा छिमेकी देशहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष राईले संयुक्त राष्ट्रसङ्घमार्फत नेपालको सीमा यकिन गर्नुपर्ने र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग गर्नुभयो ।


सम्बन्धित खबरहरु