आज:  | Tue, 21, Apr, 2026

दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने संकेत : विष्णु रिमाल

Avatar photo दिशा निर्देश १९ भाद्र २०८२, बिहीबार १२:०२ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म बन्द हुने संकेत गरेका छन्।

नेपाल सरकारले दिएको ‘अल्टिमेटम’ सकिएसँगै सामाजिक सञ्जालको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला बिहीबार फेसबुकमार्फत् उनले यस्तो संकेत गरेका हुन्।

रिमालले लेखेका छन्, सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन् । यी प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।”

उनले केही अवाञ्छित तत्त्व र गैरजिम्मेवार व्यक्तिका गतिविधिका कारण सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क बिन्दु (Point of Contact), स्वनियमन तथा गुनासो सुन्ने अधिकारी तोकेर कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिइसकेको स्मरण पनि गराएका छन्।

सामाजिक सञ्जाल प्रायः सबैको दैनिकीसँग जोडिएको भन्दै रिमालले प्रश्न गरेका छन् : “प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटस मार्फत् गतिविधि जानकारी दिने, भावना साट्ने क्रम छ । यस्तो लाग्छ  केही गरी यी प्लेटफर्म बन्द भए भने के होला ?”


सम्बन्धित खबरहरु