आज:  | Tue, 21, Apr, 2026

इन्टर कलेज वाद–विवाद प्रतियोगितामा हरि खेतान बहुमुखी क्याम्पसबाट चन्द्रकान्त र अदिती चयन

Avatar photo दिशा निर्देश ९ मंसिर २०८२, सोमबार १६:१० मा प्रकाशित (४ महिना अघि)

बीरगञ्ज । लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब र लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चयन चरण आज हरि खेतान बहुमुखी क्याम्पसमा सम्पन्न भएकाे छ।

“डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” विषयमा आयोजित वाद–विवाद प्रतियोगितामा १० वटा कलेजमध्ये तेस्रो चरणअन्तर्गत ४ महिला तथा ४ पुरुष विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धाबाट कक्षा ११ का छात्र चन्द्रकान्त महत्तो थारु र कक्षा ११ कै छात्रा अदिती महत विजेता घोषित हुँदै फाइनल राउन्डका लागि चयन भएका छन्। महिला र पुरुष दुवैतर्फबाट एक–एक जनालाई फाइनल राउन्डमा प्रवेश गराइएको हो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज मेट्रोसिटीका अध्यक्ष लायन उमेश गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथिका रूपमा डिष्ट्रिक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, डिष्ट्रिक्ट एक्ज्युटिभ को–चिफ लायन उमेश शर्मा, लायन श्याम गुप्ता, गुड्डी जोशी तथा रिजन चेयर पर्सन एवं कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु उपस्थित थिए।

त्यसैगरी लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साह, कुटुम्बका अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोनका अध्यक्ष लायन श्रवण साह, एक्सिलेन्सका जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रोसिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया तथा कलेजका चेयरम्यान रबिन्द्र कुमार यादव लगायत कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु