आज:  | Mon, 13, Apr, 2026

सौरभ वर्णवाल प्यानल विजयी, कोषाध्यक्षमा दीपेन्द्र यादव निर्वाचित

Avatar photo दिशा निर्देश २९ चैत्र २०८२, आईतवार १०:३४ मा प्रकाशित (१ दिन अघि)

वीरगञ्ज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगञ्ज इकाईको अधिवेशनबाट सौरभ वर्णवाल नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

हिजो सम्पन्न अधिवेशनले सौरभ वर्णवाललाई अध्यक्षमा चयन गरेको हो। नवगठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा विकास कुशवाहा, उपाध्यक्षमा अजय पटेल, सचिवमा बब्लु चौधरी चयन भएका छन्।

त्यसैगरी सह सचिवमा सुमित वर्णवाल र गौरव पटेल, कोषाध्यक्षमा दीपेन्द्र यादव तथा सह–कोषाध्यक्षमा सिद्धार्थ पाण्डे चयन भएका छन्।
सदस्यहरूमा जय प्रकाश पटेल, सौरभ कुमार साह, हिमान्सु गुप्ता, सुशान्त सिंह र अभिषेक गुप्ता रहेका छन्।

नवनिर्वाचित कार्यसमितिलाई विभिन्न व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले संघलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउँदै सदस्यहरूको हक–हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित खबरहरु