आज:  | Mon, 13, Apr, 2026

एमपिएल विजेता गाैरीशंकर हिटर्सले मनायाे विजयउत्सव, खेलाडी, प्रशिक्षकलाई सम्मान

Avatar photo दिशा निर्देश १५ चैत्र २०८२, आईतवार ११:२२ मा प्रकाशित (२ हफ्ता अघि)

वीरगञ्ज। मारवाडी प्रिमियर लिग (एमपिएल) तेस्रो संस्करणको विजेता गौरीशंकर हिटर्सले आफ्ना खेलाडी, प्रशिक्षक तथा प्रायोजकलाई सम्मान गरेको छ।

एमपिएलको उपाधि जित्नका लागि सहयोग गर्ने सबैलाई सम्मान गर्न तथा बधाई र खुशीयाली साट्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गौरीशंकर हिटर्सका सञ्चालक मनिष कुमार क्यालले बताएका छन्।

ट्रफी आफ्नो टिमलाई दिलाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना पनि गरेका छन्।

कार्यक्रममा टिमका प्रशिक्षक प्रदीप तिवारीसहित क्याप्टेन राजन क्याल र अन्य सबै खेलाडीहरूलाई सम्मान गरिएको थियो। खेलाडीहरूको मनोबल बढाउन तथा खेलाडी, प्रशिक्षक र टिम सञ्चालकहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको अर्का सञ्चालक बिपिन कुमार बवारीले बताएका छन्।

सो अवसरमा टिमका प्रायोजकहरू आरएमसी ग्रुपअन्तर्गत न्युट्री प्लसका मंगल साह, नेपाल लाइफ इन्सुरेन्सका रोशन यादव, रोयल इन्टरप्राइजेजका विकास ठाकुर, क्वेस्ट फर्मास्युटिकल्सका उमेश, ब्ल्याक भ्युका निशान्त लाठ र राधेश्यामलगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

त्यस्तै, गौरीशंकर टिमबाट उत्कृष्ट ब्याटरका रूपमा कप्तान राजन क्याल, उत्कृष्ट बलर सौर्य अग्रवाल, उत्कृष्ट फिल्डर नितेश लोहिया, कन्सिस्टेन्ट प्लेयर अफ द टिम अजय योगी र बेस्ट भ्यालुएबल प्लेयर अफ द टिमको अवार्ड समय रुंगटलाई प्रदान गरिएको अर्का सञ्चालक रवी लाठले जानकारी दिएका छन्।

सो अवसरमा द फग फाइटरका सञ्चालक अनुप अग्रवालले मायाको चिनोमार्फत उपाधि विजेता गौरीशंकरलाई बधाई दिएका थिए। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्य शुभचिन्तकले गरेका थिए।


सम्बन्धित खबरहरु