वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्जमा झरीका बिच पनि शनिबार साँझ मसाल जुलुश प्रदर्शन गरेको छ । जसपा वीरगञ्ज महानगर कामटीका अध्यक्ष ईश्वर यादवको नेतृत्वमा जसपा नेपालको निर्धारित कार्यक्रमअनुसार मसाल जुलुश प्रदर्शन गरिएको हो ।
वीरगञ्जको घण्टाघरबाट निस्किएको जुलुश माईस्थान, आदर्शनगर, घडिअर्वा चाेक हुँदै पुन. घण्टाघरमा आई काेणसभामा परिणत भएकाे थियाे ।
काेणसभालाई सम्वाेधन गर्दै जसपाकी केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य करिमा वेगमले संघियता विराेधी क्रियाकलापहरु गरेर सरकारले संघियतालाई मास्न खाेजेकाे आराेप लगाईन् ।
त्यसैगरी जसपाका केन्द्रीय सदस्य फिराेज मन्सुर, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, केन्द्रीय परिषद् सदस्य सलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, प्रदेश सदस्य एवम् प्रदेश नम्बर २ को मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव लगायतले अख्तियारको छापामार शैलीप्रति आपत्ति जनाएका थिए ।
कार्यक्रममा जसपाका जिल्ला सदस्य रमेश यादव, लालदेव प्रसाद यादव, असलम आलम, अजय चाैरसिया, समाजवादी युवा संघका केन्द्रीय सचिव सरोज यादव, आमाेद यादव, प्रदेश सचिव मनाेज यादव, पर्सा जिल्ला अध्यक्ष गौरव वर्मा, उपाध्यक्ष मनमाेहन पाण्डे, नगर उपाध्यक्ष शेख रूस्तम, कुन्दन प्रसाद पटेल, धिरज शर्मा, अजय यादव, आमर मन्सुर, दिलिप शर्मा, विकास गुप्ता, साहिव खाण, अजय साह लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियो ।
साे अवसरमा सहभागीहरुले ‘अख्तयार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गाे व्याक लगायतका नारा लगाएका थिए ।
