सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपका संसारभरमा अढाई अर्ब प्रयोगकर्ता छन् । आफ्ना दैनिक करोडौँ सक्रिय प्रयोगकर्ताको सुरक्षा र सन्तुष्टिका लागि ह्वाट्सएपले नयाँ नयाँ फिचर ल्याइरहेको हुन्छ ।
ह्वाट्सएपले आफ्नो मेसेजिङ प्लाटर्फममा ल्याएको यस्तै एउटा गज्जबको फिचर छ । यदि यो फिचर सक्रिय बनाउनुभयो भने तपाईंको अनुहार स्क्यान गरेर मात्रै ह्वाट्सएपमा च्याट खुल्नेछ । आफ्नो फोनमा रहेका पर्सनल च्याट अरुले नदेखुन् भन्ने चाहना हामी सबैको हुन्छ ।
आफ्नो मोबाइल कसैलाई दिएको बेलामा ह्वाट्सएपमा रहेका आफ्ना निजी तथा गोप्य च्याट अरुले हेर्छन् कि भन्ने चिन्ता लाग्दछ भने यो फिचरले तपाईंको चिन्ता हटाइदिनेछ ।
यो फिचरबाट आफ्ना पर्सनल ह्वाट्सएप च्याटहरु यसरी लक गर्न सकिन्छ कि केवल सम्बन्धित प्रयोगकर्ताको अनुहार स्क्यान गरिसकेपछि मात्र ती च्याट खुल्दछन् ।
यद्यपि ह्वाट्सएपको यो फिचर हालका लागि केवल आइफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप्पलको आइओएस ९ भन्दा माथिल्लो अपरेटिंग सिस्टम भएका आइफोनमा यो फिचर उपलब्ध रहेको छ ।
यसमा एक अतिरिक्त सेक्योरिटी फिचर हुन्छ जसबाट ह्वाट्सएप अनलक गर्नका लागि फेस आइडीको प्रयोग गरिन्छ ।
अनुहारबाट च्याट खोल्ने ह्वाट्सएपको यो फिचर कसरी एक्टिभेट गर्ने ?
एजेन्सीको सहयोगमा
