वीरगञ्ज राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पर्सा जिल्ला ईन्चार्जमा हरिन्द्र यादव चयन भएका छन् ।
महासंघ केन्द्रीय समितिको ललितपुरमा बसेको दोस्रो पूर्ण बैठकले यादवलाई पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।
महासंघ केन्द्रीय समितिको बैठक शुक्रबार र शनिबार गरी २ दिनसम्म ललितपुरको च्यासलमा बसेको थियो ।
पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका यादव वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत छन् ।
![]()
इन्चार्जको जिम्मेवारी पाएसँगै यादवले स्वास्थ्यकर्मीका समस्यालाई सम्बोधन गर्ने गरी सम्बन्धित निकायसँगको सहकार्यमा काम गर्ने प्रतिकृया दिए ।
