आज:  | Tue, 21, Apr, 2026

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने नेपाल बारकाे निष्कर्ष

Avatar photo दिशा निर्देश ९ कार्तिक २०७८, मंगलवार ०६:५४ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

आज सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले साेमबार बैठक बोलाउने भने पनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष  निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो । उहाँले बारको साेमबारको बैठकले न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले न्याय प्रशासन सम्हाल्न नसकेको निष्कर्ष निकाल्दै निकास दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गर्नुभयो ।


सम्बन्धित खबरहरु