वीरगञ्ज – नेपाल चिकित्सक संघ नारायणी शाखा बिरामीको ज्यानसँग खेलवाड गर्ने चिकित्सकको बचाउमा उत्रिएको छ ।
लापरवाही तरिकाले शल्यकृया गरेर जन्माएको बच्चा र आमाको ज्यान जोखिममा पार्ने डाक्टर सलमा बानुको बचाउ गर्दै चिकित्सक संघ वीरगञ्ज शाखाले सोमबार विज्ञप्ति नै जारी गरेको छ ।
विज्ञप्तिमा डा.सलमामाथि कपोकल्पित र मिथ्या आरोप लगाइएको भन्दै संघको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।
तर संघले नै जारी गरेको विज्ञप्तिमा १४ गते शल्यकृया भएको व्यक्तिको १७ गतेदेखि समस्या आएको भनिएको छ । यो ४ दिनको अवधीमा त विरामी निको भएर बच्चासहित घर फर्कने अवधी हो । शल्यकृयामा नै लापरवाही भएकाले बिरामी पूर्ण निको हुन नसक्दा १७ गतेदेखि बढी समस्या आउन पुग्यो ।
त्यसको २ दिनसम्म पनि ठिक हुन्छ भन्दै अस्पतालमा राख्दा पनि अवस्था झनै विग्रदै गएपछि आफन्त र अबिभावकले डाक्टरको विरोध गदै बिरामीलाई अर्कै अस्पतालमा लैजान बाध्य हुँदा पनि डाक्टर सलमालाई कपोकल्पित आरोप मात्रै लगाइएको भनेर चिकित्सक संघबाट विज्ञप्ति जारी हुनु आफैमा लज्जाको विषय बनेको छ ।
शनिबार एडभान्स हस्पिटलबाट वीरगञ्ज हेल्थकेयरमा लगेर उपचार गराइरहेको भए पनि बिरामी (पर्साको पोखरीया नगरपालिकाकी २५ वर्षीया निसा गुप्ता)को अवस्था सुधार हुन नसकेपछि सोमबार थप उपचारका लागि काठमाण्डौको टिचिङ हस्पिटल लैजानु परेको छ ।
शल्यकृया गर्दा लापरवाही : डा.सलमाले बच्चा र श्रीमतीको ज्यान लिन खोजेको आरोप
गल्तिलाई ढाकछोप होइन गल्ति नै भन्न सकेको भए संघसस्थाको मान रहने थियो । तर गल्तिलाई ढाकछोप गर्न खोज्दा संघको गरिमा नै घट्न पुगेको चिकित्सकहरु नै बताउँछन् ।
चिकित्सक संघ नारायणी शाखाका सचिव डा.उदयनारायण सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सक विरुद्ध आउने यस्ता समाचारले उनीहरुको मनोबल ह्रास हुन गई समाजमा यसको गम्भीर तथा दूरगामी असर पर्ने भन्दै ‘इमोशनल ब्ल्याकमेल’ गर्न खोजिएको छ ।
जसको आशय चिकित्सकले जस्तोसुकै गलत क्रियाकलाप गरे पनि उनीहरुको विरोध गर्नु हुँदैन भन्ने बुझिन्छ ।
के चिकित्सक संघले यस्तै चाहेको हो ? चिकित्सकलाई बजारमा हिँड्ने साँढे जस्तो बन्न मन लागेको हो र ? चिकित्सकलाई जसो मन लाग्यो तेसरी नै बिरामीको शल्यकृया गरेर छाडिदिन पाउनु पर्छ भन्न खोजिएको हो ?
होइन भने गलत ढाकछोप गर्न किन खोजियो यो प्रश्नको उत्तर चिकित्सक संघसँग वीरगञ्जबासीले खोजिरहेका छन् ।
यस्ताे छ चिकित्सक संघ नारायणी वीरगञ्ज शाखाले जारी गरेकाे विज्ञप्ति
![]()
