आज:  | Tue, 21, Apr, 2026

नयाँ वर्षमा सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश १ बैशाख २०८३, मंगलवार १३:०८ मा प्रकाशित (१ हफ्ता अघि)

नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार ६५ रुपैयाँ पुगेको छ । गत मंगलबार चाँदी तोलामा ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित खबरहरु