आज:  | Tue, 21, Apr, 2026

रौतहट अदालतका कर्मचारी ५० हजार घुससहित पक्राउ

Avatar photo दिशा निर्देश १८ चैत्र २०८२, बुधबार १०:२४ मा प्रकाशित (२ हफ्ता अघि)

रौतहट। अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारीलाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अदालतका डिठ्ठा लव कुमार सिंह रहेका छन्। हेटौँडास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने कामका लागि उनले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा निगरानीमा राखिएको अवस्थामा उनलाई ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको जनाइएको छ।

अख्तियारका अनुसार सिंहलाई रौतहटको गौर नगरपालिका–१ स्थित जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिइएको हो। पक्राउका क्रममा उनको साथबाट घुस रकम र एउटा मोबाइल फोनसमेत बरामद गरिएको छ।

पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


सम्बन्धित खबरहरु