आज:  | Tue, 21, Apr, 2026

संसद् अधिवेशन तयारी: प्रतिनिधिसभामा रहेका दलहरूको बैठक आह्वान

Avatar photo दिशा निर्देश १७ चैत्र २०८२, मंगलवार १३:१९ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ।

सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि बैठक बोलाइएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

उक्त बैठक भोलि दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ। गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो अधिवेशन चैत १९ गते दिउँसो २ बजे बस्ने तय भएको छ।

बैठकले सभामुख र उपसभामुख चयन प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रतिनिधित्व रहेको छ। साथै, एक स्वतन्त्र सांसदका रूपमा महावीर पुन निर्वाचित भएका छन्।


सम्बन्धित खबरहरु