आज:  | Tue, 21, Apr, 2026

ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने

Avatar photo दिशा निर्देश १४ चैत्र २०८२, शनिबार १०:०८ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज । केपी शर्मा ओलीरमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।

स्वास्थ्य परीक्षणपछि ओलीलाई उक्त गणमा लगिने स्रोतले जनाएको छ भने लेखकलाई भने यसअघि नै त्यहाँ पुर्‍याइसकिएको छ।

ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर शिक्षण अस्पताल लगिएको हो।

आज शनिबार भएकाले उनीहरूलाई आइतबार मात्रै अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु