वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालयको आकस्मिक बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको आधिकारिक धारणा र भावी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाबारे छानबिन आयोगको प्रतिवेदनका आधारमा नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो।
हाल उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। ज्यानसम्बन्धी कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको जनाएको छ।