आज:  | Tue, 21, Apr, 2026

आज  गहवमाई माताको डोली यात्रा भव्य रूपमा निकालिने

Avatar photo दिशा निर्देश १२ चैत्र २०८२, बिहीबार १२:१२ मा प्रकाशित (३ हफ्ता अघि)

वीरगञ्ज । वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरबाट आज  गहवमाई माताको दोस्रो डोली यात्रा भव्य रूपमा निकालिने भएको छ ।

चैते दशैंको अष्टमीको अवसरमा आयोजना गरिएको डोली यात्रा गहवामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुन लागेको हो । समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार डोली यात्राका लागि सबै तयारी पूरा भइसकेको छ ।

आज दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजापछि अपरान्ह ४ बजे मन्दिर प्रांगणबाट डोली यात्रा सुरु हुनेछ । यात्रा २ नम्बर रोड, वीर्ता मन्दिर, अलखीयामठ, महावीरस्थान हुँदै माईस्थानको चोक परिक्रमा गरी पुनः गहवामाई मन्दिरमा आएर समापन हुनेछ ।

डोली यात्रापछि साँझ मन्दिर प्रांगणमा महाआरतीको कार्यक्रम पनि आयोजना गरिएको छ । अध्यक्ष साहले भक्तजनलाई भव्य रूपमा सहभागी भई आस्था र श्रद्धाका साथ गहवामाई माताको डोली यात्रा सफल पार्न आह्वान गरेका छन् ।


सम्बन्धित खबरहरु