आज:  | Tue, 21, Apr, 2026

बंगलादेशमा पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

Avatar photo दिशा निर्देश १२ चैत्र २०८२, बिहीबार ११:५३ मा प्रकाशित (३ हफ्ता अघि)

बंगलादेशमा बुधबार साँझ पद्मा नदीमा बस खस्दा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ।

एघार यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। बसमा लगभग ४० जना सवार थिए।

बस राजबारी जिल्लाको दौलादिया टर्मिनलमा दुर्घटनामा परेको हो। बस फेरी (ठुलो डुंगा) चढ्दै गर्दा चालकले नियन्त्रण गुमाएपछि बस नदीमा खसेको बताइएको छ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्।


सम्बन्धित खबरहरु