आज:  | Tue, 21, Apr, 2026

भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न महावीर पुनको आग्रह, “नियमले छेके नयाँ नियम बनाऔँ”

Avatar photo दिशा निर्देश १० चैत्र २०८२, मंगलवार १२:१६ मा प्रकाशित (४ हफ्ता अघि)

वीरगञ्ज । महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल Facebook मार्फत धारणा सार्वजनिक गर्दै भ्रष्टाचारीहरूलाई कानुनी प्रक्रिया पूरा गरी कहिल्यै उठ्न नसक्ने गरी कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “अब आउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर नंग्याउनु पर्छ। नियमले छेके तुरुन्त नयाँ नियम बनाउनु पर्छ।”

पुनका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसके जनताप्रति ठूलो धोका हुनेछ र रास्वपा स्वयं पनि भविष्यमा कमजोर बन्न सक्ने खतरा छ। उनले तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत पुनले व्यक्त गरेका छन्।


सम्बन्धित खबरहरु