आज:  | Tue, 21, Apr, 2026

रास्वपाको केन्द्रीय समिति बैठक बिहीबार

Avatar photo दिशा निर्देश १० चैत्र २०८२, मंगलवार १२:१० मा प्रकाशित (४ हफ्ता अघि)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनलगायत महत्वपूर्ण विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टीका अनुसार चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह तय भएको छ। सोही दिन दिउँसो ४ बजे संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि केन्द्रीय समितिको बैठक बस्नेछ।

बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रवि लामिछानेको अध्यक्षतामा बस्नेछ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ र समसामयिक राजनीतिक विषयहरूमाथि समेत छलफल हुने कार्यक्रम रहेको छ।

उल्लेखनीय छ, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा विजय हासिल गरेको थियो।


सम्बन्धित खबरहरु