वीरगञ्ज। इलाका प्रहरी कार्यालय सिमराले एक १३ वर्षीया बालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर निवासी करिब ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन्। प्रहरीले उनलाई शनिबार राति आफ्नै पसलबाट नियन्त्रणमा लिएको जनाएको छ।
घटनाको संवेदनशीलता र गम्भीरतालाई मध्यनजर गर्दै आरोपीलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए।
