आज:  | Tue, 21, Apr, 2026

परीक्षा नभएपछि हरिखेतानका विद्यार्थीद्वारा प्रदर्शन, घण्टाघरमा चक्काजाम

Avatar photo दिशा निर्देश ८ चैत्र २०८२, आईतवार १४:४३ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज। वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित (त्रैमासिक) परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । कलेज प्रशासनले आजदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले परीक्षा नियमित तथा निर्धारित समय तालिकामा सञ्चालन गर्नुपर्ने, दैनिक कक्षा र अन्य शैक्षिक गतिविधिहरू प्रभावित नहुने गरी व्यवस्थापन गर्नुपर्ने माग राख्दै कलेजको मुख्यद्वार अगाडि केही समय धर्ना दिए । उनीहरूले कलेज प्रशासन, क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरुद्ध नाराबाजी गरेका थिए ।

विद्यार्थीहरूका अनुसार कलेजभित्र शिक्षा विभाग, कर्मचारी, प्रशासन र सञ्चालक समितिबिचको आन्तरिक द्वन्द्व तथा विवादका कारण विद्यार्थीहरूको पठनपाठन, कक्षा सञ्चालन, परीक्षा तथा अन्य शैक्षिक क्रियाकलापहरू पटक-पटक प्रभावित हुँदै आएका छन् । प्रशासनिक विवादले आफूहरूको भविष्यमा असर नपारोस् भन्ने उनीहरूको मुख्य माग छ ।


सम्बन्धित खबरहरु