वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेन रोड) बाट त्रिभुवन राजपथ स्थानान्तरण (सिफ्ट) सम्बन्धी विवाद पुनः कानुनी बहसमा प्रवेश गरेको छ। यस विषयमा सर्वोच्च अदालतमा दायर नयाँ मुद्दाको चैत २ गतेका लागि तोकिएको पेसी स्थगित भएको छ। अब उक्त मुद्दाको सुनुवाइ आगामी जेठ २४ गतेका लागि तोकिएको छ।
मुद्दा नं. ०८१-WO-१६०७ अन्तर्गत दर्ता भएको यो रिट २०८२ साल असार ३१ गते दर्ता गरिएको थियो। यसअघि २०८२ माघ ४ गते संयुक्त इजलासका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयले पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश दिएका थिए।
यसअघि पनि वीरगञ्ज मुख्य सडकमा घर भएका धनीहरूद्वारा दायर गरिएको संयुक्त रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिसकेको छ, जसको पूर्णपाठ समेत सार्वजनिक भइसकेको छ।
