वीरगञ्ज । वीरगञ्ज महाविरस्थिानस्थित रुबिक लाउन्जको ठिक सामुन्ने नयाँ ‘लेडिज तथा किड्स वेयर वीरगञ्ज’ सञ्चालनमा आएको छ । कन्टेन्ट क्रियटरको रुपमा परिचित सूर्या सर्राफले बुधवार (आज) देखि यो नयाँ व्यवसायको थालनी गरेका हुन् ।
यसअघि आदर्शनगर चोकमा ‘ड्रेसअप वीरगञ्ज’ नामक फेसन स्टोर सफलतापूर्वक सञ्चालन गर्दै आएका सर्राफले व्यवसाय विस्तार गर्दै अब महिला तथा बालबालिकाका लागि विशेष पोसाक उपलब्ध गराउने उद्देश्यले नयाँ स्टोर सुरु गरेका हुन् ।
सञ्चालकद्वय सूर्या र विजय सर्राफले सयुँक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गरेका थिए । कपडा चेक गर्नका लागि ट्रायल रुमसहित सुविधासम्पन्न पसल सञ्चालन गरिएको हो ।
सूर्यासँगै विजय सर्राफसहित दुई जनाको सयुँक्त लगानीमा व्यवसाय सञ्चालन गरिएको हो । स्टोरमा महिलाहरू र बालबालिकाका लागि दैनिक प्रयोगदेखि विशेष अवसरका लागि उपयुक्त आकर्षक तथा ट्रेन्डी पहिरनहरू उपलब्ध गराइने सञ्चालक सूर्या सर्राफले बताए ।
सामाजिक सञ्जालमार्फत ग्राहकलाई आकर्षित गर्दै व्यवसायलाई चलायमान बनाउन सकिने उनी बताउँछन् । उनी भन्छन्, ‘म आफै सोसल मिडियामा सक्रिय छु, कन्टेन्ट क्रियट गर्छु । त्यसैलाई आफ्नै व्यवसायमा सदुपयोग गर्दै विभिन्न किसिमका अफरहरु दिएर ग्राहकलाई आकर्षित गर्न सकेमा व्यवसायमार्फत सफलता पाउन सकिन्छ ।’
युवा तथा पुरुषको लागि ड्रेस अप वीरगञ्ज र आजदेखि सञ्चालनमा आएको लेडिज एण्ड किड्स वेयरमार्फत महिला तथा बालबालिकाका लागि आकर्षक र डिजाईनिंग कपडाहरु बिक्रि वितरण गरिने अर्का सञ्चालक विजय सर्राफले बताए ।
