आज:  | Tue, 21, Apr, 2026

बीपीएस +२ कलेजमा स्पोट्र्स विक सम्पन्न, उत्कृष्ट खेलाडीलाई सम्मान

Avatar photo दिशा निर्देश २ चैत्र २०८२, सोमबार १६:२७ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । बीपीएस +२ कलेजले स्पोट्र्स विक २०८२ अन्तर्गत आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीलाई सम्मान गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत कलेजले खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको उपलब्धिलाई सम्मान र प्रशंसा गरेको जनाएको छ ।

सम्पूर्ण खेलकुद सप्ताहभरि विद्यार्थीहरूले देखाएको समर्पण, अनुशासन, टीमवर्क र खेल भावना कदर गर्दै विभिन्न खेलका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा कक्षा ११ मा अध्ययनरत उमा शर्मालाई वर्षको उत्कृष्ट खेलाडी (छात्रा) तथा कक्षा १२ का अनिश गुप्तालाई वर्षको उत्कृष्ट खेलाडी (छात्र) घोषित गरिएको छ । यसैगरी सेक्शन १२ ‘ए’ लाई वर्षको उत्कृष्ट खेलाडी सेक्शनको सम्मान प्रदान गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डीएसपी राजु कार्कीको उपस्थिति रहेको थियो। उनले विद्यार्थीलाई खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्न प्रेरणा दिएका थिए ।

सो अवसरमा कलेजका एकेडमिक डायरेक्टर दीपक पटेल, एचआर डायरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता, दीपेन्द्र कानु, राजेश्वर पटेल, अनिश महतो, ओमप्रकाश अविरल, सदीक्षा सुबेदी, विशेष दुबेदी, आकाश पटेल, रेशमा पटेल, अशोक जैसवाल, शुभम तुल्स्यान, रामू लामा, सुबोध पाण्डेय, बीरेन्द्र केसरी लगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कलेजका स्पोट्र्स कोच रवि यादवले कार्यक्रम सञ्चालन गरेका थिए। कलेजका अनुसार यो कार्यक्रम केवल पुरस्कार वितरणमा सीमित नभई विद्यार्थीहरूमा खेलकुदको भावना, एकता, अनुशासन तथा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको हो ।


सम्बन्धित खबरहरु