आज:  | Tue, 21, Apr, 2026

मध्यपूर्वमा युद्धको ज्वाला तीव्र : इरानको नयाँ आक्रमणपछि क्षेत्रीय तनाव बढ्यो

Avatar photo दिशा निर्देश २७ फाल्गुन २०८२, बुधबार १२:५२ मा प्रकाशित (१ महिना अघि)

एजेन्सी । मध्यपूर्वमा युद्धको ज्वाला थप दन्किएको छ। इरान  इजरायल र अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै नयाँ चरणको शक्तिशाली आक्रमण सुरु गरेपछि क्षेत्रीय सुरक्षा अवस्था झनै नाजुक बनेको छ।

पछिल्ला केही घण्टामा इरानले इजरायली तथा अमेरिकी लक्ष्यहरूमाथि आक्रमण गरेको जनाइएको छ।  (एएफपी) का अनुसार इरानी सरकारी सञ्चारमाध्यमहरूले यस पटकको आक्रमण द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो भएको दाबी गरेका छन्।

इजरायलले आफ्नो आकाशमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको पुष्टि गरेको छ। यद्यपि केही समयपछि इजरायली सेनाले नागरिकहरूलाई बमबारीबाट जोगिन बनाइएका सुरक्षित सेल्टरबाट बाहिर निस्कन सुरक्षित रहेको जानकारी दिएको थियो।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले इरानका १६ वटा खानी बिछ्याउने पानीजहाज ध्वस्त पारिएको दाबी गरेको छ। इरानको यो कदमले समुद्री मार्गमा ठूलो अवरोध सिर्जना गर्न सक्ने भन्दै अमेरिकाले जवाफी कारबाही गरेको जनाएको छ।

द्वन्द्वको असर अन्य छिमेकी मुलुकसम्म पनि फैलिन थालेको छ। साउदी अरबले आफ्नो तेल खानीतर्फ लक्षित गरी पठाइएका दुईवटा ड्रोनलाई बीचमै नष्ट गरिएको जनाएको छ। यस्तै अमेरिकी जलसेनाको पाँचौँ बेडको मुख्यालय रहेको बहराइनमा पनि सम्भावित आक्रमणको खतरा बढेपछि साइरन बजाइएको छ।


सम्बन्धित खबरहरु