आज:  | Tue, 21, Apr, 2026

पर्सामा उत्साहजनक मतदान: अहिलेसम्म ३३ प्रतिशतभन्दा बढी मत खस्यो

Avatar photo दिशा निर्देश २१ फाल्गुन २०८२, बिहीबार १४:३१ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । पर्सा जिल्लामा जारी मतदान प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म जिल्लामा ३३ दशमलव ६७ प्रतिशत मत खसिसकेको छ।

जिल्ला प्रशासन कार्यालयले दिएको विवरणअनुसार बिहानदेखि सुरु भएको मतदानमा हालसम्म १ लाख २६ हजार ८९४ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल का अनुसार जिल्लाभरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान प्रक्रिया जारी रहेको छ भने मतदाताको सहभागिता पनि उत्साहजनक रहेको छ।


सम्बन्धित खबरहरु