प्रभाकर तिमल्सिना
हामीले ल्याएको उन्नत संबिधान भन्नुहुन्छ
अनि पांच बर्षमा एउटा चोर छान भन्नुहुन्छ ।
के हुँदैछ बिकास ? सरकारलाई कसैले सोध्यो
चन्द्रमा पठाउन तयार हुँदैछ यान भन्नुहुन्छ ।
उडेको चरा देख्दा पनि तर्सिन्छिन् आमा
यही हो छोरो प्रदेश लाने बिमान भन्नुहुन्छ ।
कोट लाएर आयो दुई वाक्य अंग्रेजी बोल्यो
उही हाम्रो भगवान, उही हाम्रो शान भन्नुहुन्छ ।
चामलको भारी बोकेर पनि भोकै छन् कोही
तपाई डिग्री बोक्ने सबैलाई बिद्वान भन्नुहुन्छ ।
