आज:  | Tue, 21, Apr, 2026

एमालेको झन्डा जलाएको घटनामा दुई जना पक्राउ

Avatar photo दिशा निर्देश ९ फाल्गुन २०८२, शनिबार १०:११ मा प्रकाशित (१ महिना अघि)

दाङमा नेकपा एमालेको झन्डा जलाएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले दिएको जानकारीअनुसार फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको घटनामा थप २ युवकलाई नियन्त्रणमा लिइएको हो।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाकै वडा नं. ४, हलवारका वर्ष ३० वर्षीय प्रहरीले रमेश राना मगर र सोही उपमहानगरपालिका वडा नं. ६, गाइडरका २४ वर्षीय विक्रम परियारलाई प्रहरीले पक्रेको हो।

यसअघि त्यही घटनामा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका छन्।

हालसम्म पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी जारी रहेको डीएसपी बोहराले जानकारी दिए।


सम्बन्धित खबरहरु