आज:  | Tue, 21, Apr, 2026

बाराको बसतपुरमा ई. साहको घरदैलौः यसपाली घण्टीमै मतदान गर्ने मतदाताको धारणा

Avatar photo दिशा निर्देश ९ फाल्गुन २०८२, शनिबार ०९:५२ मा प्रकाशित (१ महिना अघि)

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं. २० बसतपुरमा प्रतिनिधि सभा निर्वाचन केन्द्रित घरदैलो सम्पन्न भएको छ ।

बारा क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साहले स्थानीय टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार साहले देशमा राजनीतिक स्थिरता, सुशासन र दिगो विकासका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताए । उनले पुराना शैलीको राजनीति परिवर्तन गर्न रास्वपाको जित महत्वपूर्ण रहेको उल्लेख गर्दै अबको निर्वाचनपछि बन्ने सरकारले जनतामा विकासको अनुभूति गराउने दाबी गरे ।

साहले बारा क्षेत्र नं. ३ लाई पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी युवालाई लक्षित गर्दै सीप विकास र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना आफूले अघि सारेको उनले बताए । मतदातासँग संवाद गर्दै उनले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने दृढता जनाए ।

घरदैलोको क्रममा मतदाताले घण्टी बजाउँदै घण्टी छापमा मतदान गर्ने प्रतिक्रिया दिएका थिए । पुराना दल र नेतृत्वबाट अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै स्थानीयले यसपटक नयाँ विकल्पको पक्षमा मतदान गर्ने धारणा बनाएका छन् ।


सम्बन्धित खबरहरु