नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् ।
मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बुधबार जनकपुरधाममा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन् गर्दै थापाले सबै नेपालीहरूले गौरब गर्ने गरी विश्वले स्वाभिमानी देश भनेर चिन्ने नेपाल बनाउने बताए । मधेसको पहिचानमाथि गौरब गर्ने गरी स्थापित गरेरै छाड्ने उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरेको छ । पार्टीले अघि सारेको प्रतिज्ञा सबै युवाहरूको भावनाप्रति समर्थित गर्ने थापाले बताए ।
हिजोको गौरवशाली दिनहरूलाई सम्झँदै त्योभन्दा पनि राम्रो दिन बनाउने उद्देश्यका साथ कांग्रेस लागेको उनको भनाइ छ । मधेसबाट मतभन्दा बढी मधेसी जनताको साथ, भरोसा र विश्वास चाहिएको उनको भनाइ छ ।
नेपाललाई मौलिकतामा गौरव गर्ने नेपाल बनाउने उनले प्रतिज्ञा गरे । ‘सँगसँगै आधुनिकतामा लम्किने नेपाल बनाउनेछौँ । यो नेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने देश बनाउनेछौँ’, उनले भने ।
