आज:  | Tue, 21, Apr, 2026

अवैध रूपमा लगाइएको ४८ हजार गाँजाका बोट फडानी

Avatar photo दिशा निर्देश १ फाल्गुन २०८२, शुक्रबार २०:२६ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। पर्साको ग्रामिण भेगमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ अन्तर्गत सानो सुगौलीस्थित एलानी जग्गामा अवैध रूपमा करिब ३ बिघा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको जनाएको हो।

आज शुक्रबार मिति अपराह्न करिब ४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले उक्त गाँजा खेती नष्ट गरेको जनाएको छ।

प्रहरी निरीक्षक समुन्न अधिकारीको कमाण्डमा परिचालित टोलीले करिब ४८ हजार गाँजाका बोट फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीले अवैध लागूऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै यस्ता कार्यमा संलग्नलाई कारबाही गरिने जनाएको छ।


सम्बन्धित खबरहरु