आज:  | Tue, 21, Apr, 2026

नयाँ पार्टी, नयाँ भरोसा: डोकैलामा अमिताभ दासको घरदैलो

Avatar photo दिशा निर्देश २८ माघ २०८२, मंगलवार १५:१३ मा प्रकाशित (२ महिना अघि)

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा उम्मेदवार अमिताभ बच्चन दासले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

यसैक्रममा आज बहुदरमाई नगरपालिका वडा नम्बर–४ डोकैला क्षेत्रमा उम्मेदवार दासले आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा, प्राथमिकता र भावी योजनाबारे जानकारी गराएका थिए।

स्थानीय जनसमुदायले उम्मेदवार दासप्रति विश्वास व्यक्त गर्दै चुनाव चिन्ह आँखा छापमा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाएका छन्। साथै, चुनाव जितेपछि पनि आजकै जस्तै निरन्तर जनतासँग भेटघाट गर्दै जनताको आवाजलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिएका छन्।

कार्यक्रममा बोल्दै उम्मेदवार दासले पर्सा जिल्लालाई कृषि हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई जोड दिएर स्थानीय किसानको आम्दानी बढाउने उनको योजना रहेको बताए। यससँगै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी युवालाई विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे।

नयाँ सोच, युवामैत्री दृष्टिकोण र प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिँदै अघि बढिरहेका उम्मेदवार दासको घरदैलो अभियानले पर्सा क्षेत्र नम्बर–२ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ।


सम्बन्धित खबरहरु