आज:  | Tue, 21, Apr, 2026

विभिन्न आरोप खेप्दै आएका अजय चौरसियाबाट असन्तुष्ट मतदाता

Avatar photo दिशा निर्देश २७ माघ २०८२, सोमबार ११:३७ मा प्रकाशित (२ महिना अघि)

वीरगञ्ज। लामो राजनितीक अनुभव समेटेका नेपाली काँग्रेसका नेता अजय चौरसियाको पछिलो कार्यकाल विवादित भएको भन्दै मतदाताहरुले यसपाली परिवर्तन चाहेको संकेत दिएका छन् ।

२०७९ को निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको चुनाव जितेपछी संसदीय कार्यकाल विवादै विवादमा बिताएका अजय चौरसिया फेरि पुरानै क्षेत्र रोजेका छन् ।

पर्सा निर्वाचन २ मा योग्य, शिक्षित र दुरदर्शी सोंच भएको उम्मेद्वार हुँदा हुँदै पुरानै र विवादित नेतालाई रोजिराख्ने कारण नदेखिएको सोही क्षेत्रका एकजना मतदाताले बताएका छन् ।

गौर हत्याकाण्डको मुख्य आरोपी स्व. अफ्ताब आलमको सफाईको मुद्धामा न्यायाधीशलाई प्रभावमा पारेको भनी अजय चौरसिया माथी गम्भीर आरोप नै लागेको थियो । अजय चौरसिया त्यतिबेला नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्थ्यो । यो मुद्धामा उहाँको नाम जोडिए पछि उनको र उनको सहकर्मी सङ्गै मन्त्रालयका पदाधिकारी र कर्मचारीहरुको समेत फोन विवरण अनुसन्धान गर्न देश व्यापी माग उठेको थियो ।

यति मात्रै नभएर चुनावको बेला नाम र नम्बर याद राख्ने तर चुनाव सकेपछि चिन्दिन भनेर आफ्नै कार्यकर्ता र सहयोगीलाई नजरान्दाज गर्ने नेता भनेर अजय चौरसियालाई नेपाली काँग्रेस कै कार्यकर्ताहरुले आरोप लगाउदै आएका छन् ।

जिर्ण रहेको तिलावे पुलको विकल्पमा बेलि ब्रीज ल्याउने आसवासन दिएर मतदाता रुझाउदै आएपनि पनि यो पुल चर्चा र प्रचारवाजीमा मात्रै सिमित रहेको स्थानियहरुको आरोप रहेको छ ।
पछिलो बर्षायाममा अलौं र सुगौली बीच पानी विवादमा उनी सांसद भएर पनि नितिगत निकास दिनुपर्ने ठाउँमा एकपक्षीय अडानमा सामेल भइ अनसन बसेर प्रचारवाजी गरेको अर्को आरोप खेपेका थिए ।

त्यति मात्रै नभएर बिरगंजको विन्दवासिनी स्थित एक सडक निर्माण गरिरहेको विरगंज महानगरपालिकाको विकासको कामलाई कानुनी बाधा पुर्याएको आरोप पनि उनिमाथी लागेको थियो ।

एकातिर अजय चौरसिया विवादको घेरामा रहेको बेला पर्सा २ मा नेकपा एमाले कि रिमा कुमारी यादवको उम्मेद्वारीबाट उक्त क्षेत्रका मतदाताहरुमा नयाँ आशा पलाएको छ । शिक्षित, योग्य र स्वच्छ छवीको नेतृको रुपमा रिमा यादवलाई पाएपछि पर्सा २ को मतदाताहरुको नयाँ उम्मेदवारको खोजि पुरा भएको पर्सागढिका एक मतदाताले नाम उल्लेख नगर्ने सर्तमा बताउनु भएको छ।


सम्बन्धित खबरहरु