आज:  | Tue, 21, Apr, 2026

बारामा एकै परिवारका आमा छोराको हत्या, बुहारी प्रहरीको नियन्त्रणमा

Avatar photo दिशा निर्देश १५ माघ २०८२, बुधबार १२:२९ मा प्रकाशित (२ महिना अघि)

वीरगन्ज। बारा जिल्लामा एकै परिवारका आमा–छोराको निर्मम हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

डिएसपी पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता बढाइएको छ ।

बुहारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।


सम्बन्धित खबरहरु