वीरगञ्ज। प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अमिताभ बच्चन दासले घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
अभियानअन्तर्गत आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का रामपुर र उदयपुरघुर्मी क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
यसअघि हिजो सोही वडाको जसौलीमा घरदैलो कार्यक्रम गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार दासले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या सुनेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको आवाजलाई सदनसम्म पुर्याउने जिम्मेवारी पूरा गर्नेछु,” दासले भने।
घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार बालकृष्ण श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुनिल रौनियर, मुना सोनार लगायतको उपस्थिति रहेको थियो।
घरदैलो अभियानलाई आगामी दिनमा पर्सा क्षेत्र नम्बर २ का अन्य वडाहरूमा समेत विस्तार गरिने पार्टीले जनाएको छ।
