आज:  | Tue, 21, Apr, 2026

पर्सा–२ बाट प्रलोपा उम्मेदवार अमिताभ बचन दासको मनोनयन दर्ता

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार १७:१४ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। पर्सा क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट अमिताभ बचन दासले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । नेकपाबाट विभाजित भई डा. बाबुराम भट्टराई र जनार्दन शर्माको नेतृत्वमा गठन भएको दलबाट युव नेता दासले एक नम्बरमा उम्मेदवारी दिएका हुन् ।

मनोनयन दर्ता अघि दासले वीरगञ्जको माईस्थानस्थित गहवामाई मन्दिर, हनुमान मन्दिर तथा सत्यनारायण मन्दिरमा दर्शन गरेका थिए । त्यसपछि निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दासले देशले अहिले नयाँ सोच र नयाँ पुस्ताको नेतृत्व खोजिरहेको बताएका छन् । “लामो समयदेखि उही अनुहार, उही शैलीको राजनीतिले देशलाई निराश बनाएको छ,” उनले भने, “अब युवाले जिम्मेवारी लिनैपर्छ भन्ने जनचाहना बढ्दो छ । यही चाहनाको प्रतिनिधित्व गर्न म मैदानमा आएको हुँ ।”

दासले पर्सा–२ का जनताका समस्या नजिकबाट बुझेको दाबी गर्दै रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने बताए । “राजनीति सेवा हो भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्न चाहन्छु,” उनले भने, “यहाँका युवालाई कामका लागि विदेश धकेलिनु नपरोस्, यहीँ अवसर सिर्जना गर्ने मेरो लक्ष्य हो ।”

उनले पार्टीको मूल नीति सामाजिक न्याय, समान अवसर र भ्रष्टाचारविरुद्ध कडा अडान रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी राजनीति गर्ने प्रतिबद्धता जनाए ।


सम्बन्धित खबरहरु