आज:  | Tue, 21, Apr, 2026

पर्सा १ मा नेपाली कांग्रेसबाट अनिल रुंगटा उम्मेदवार

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार १७:१२ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसका नेता अनिल रुंगटाले पर्साको क्षेत्र न. १ बाट उम्मेदवारी दिएका छन् । वीरगञ्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका नेता रुंगटाले मनोनयन दर्ता गराएका हुन् ।

अहिले नयाँ दलहरुको चर्चा चलेपनि नेपाली कांग्रेसको पुरानो विरासतले गर्दा आफ्नो विजय सुनिश्चित भएको उनले बताए । उनले भने, ‘अहिले नयाँ दलहरुबीचको चर्चा स्थायी मात्रै हो, केही समयपछि हराउँछ । नेपाली कांग्रेसको पुरानो इतिहास छ । आफ्नै ईमान्दार कार्यकर्ताहरु छन् । त्यसैले मेरो विजयी निश्चित छ ।’

पर्साको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ । उनी यसअघि २०७४ को निर्वाचनमा पर्सा–१ बाटै उम्मेदवार बनेका थिए ।

त्यसअघि रुंगटालाई कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिकतर्फ उम्मेदवार बनाएर निर्वाचित गराएको थियो ।


सम्बन्धित खबरहरु