आज:  | Tue, 21, Apr, 2026

बारा क्षेत्र नं. ३ बाट रास्वपाका अरविन्द साहको मनोनयन दर्ता

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार १६:२४ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा अरविन्द साहले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ का संस्थापक तथा इन्जिनियर साहले महागढीमाई नगरपालिकाको भवनमा अवस्थित निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साहले प्रविधि, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताए। निजी क्षेत्र र प्रविधिमा हासिल गरेको अनुभवलाई सार्वजनिक सेवामा प्रयोग गर्ने उद्देश्यसहित आफू राजनीतिमा आएको उनको भनाइ थियो।

देशमा नयाँ सोच र कार्यशैलीको आवश्यकता रहेको उल्लेख गर्दै साहले युवाहरूको सहभागिता बढाउने, रोजगारी सिर्जना गर्ने र सेवा प्रवाहलाई डिजिटल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।


सम्बन्धित खबरहरु