वीरगञ्ज। जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता रामनरेश यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन् । जसपा नेपाल पर्साका अध्यक्षसमेत रहेका यादवले क्षेत्र न. १ बाट उम्मेदवारी दिएका हुन ।
यस्तै क्षेत्र न. २ बाट नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी ले मनोनयन दर्ता गराएका छन् । जिल्ला समन्वय समिति पर्साको कार्यालयमा रहेका क्षेत्र न. १ र २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले जसपा नेपालका दुवै उम्मेदवार भारी मतका साथ विजयी हुने दाबी गरे ।
