पर्सा जिल्ला अदालतले रास्वपा सभापति एवम् पूर्वप्रधामनमन्त्री रवि लामिछानेसँग एक करोड धरौटी माग गरेको छ । जिल्ला न्यायाधीश रुद्र सुवेदीको इजलासले लामिछानेसँग मंगलबार (माघ ६) गते उक्त धरौटी माग गरेको हो ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । लामिछानेविरुद्ध पर्सा अदालतमा सहकारी ठगी, र संगठित अपराध अभियोग थियो ।
जिल्ला सरकारी वकिलले सबै प्रतिवादी गरी ११ करोड ५६ लाख रूपैयाँ बराबर बिगो दाबी गरेको छ ।
लामिछानेको तर्फबाट अधिवक्ता डा.नारायण कँडेल र दीपेन्द्र झाले प्रतिरक्षा गरेका थिए । उमेदवार मनोनयनकै दिन लामिछाने धरौटी प्रयोजनका लागि वीरगन्ज जानुपर्ने भएको छ ।
