आज:  | Tue, 21, Apr, 2026

गगन थापा सर्लाही–४ बाट प्रतिनिधिसभा चुनाव लड्ने

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार १०:२१ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्। सभापति थापाले यसपटक आफ्नो निर्वाचित क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन्।

यसअघि उनी काठमाडौं–४ बाट तीन पटक निर्वाचन जितिसकेका छन्।

सर्लाही–४ क्षेत्रमा यस पटक नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिस राय यादव प्रतिस्पर्धीका रूपमा उम्मेदवार बनेका छन्।

गगन थापाको उम्मेदवारीसँगै सर्लाही–४ मा प्रतिनिधिसभा चुनाव प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।


सम्बन्धित खबरहरु