वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले आफ्नो अभियानमा ध्यान दिन राजीनामा दिएको जानकारी दिएका छन्।
खनालले भने, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो।”
यसअघि प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारले सरकारका अन्य मन्त्रीहरूमा पनि फेरबदल गरेको थियो। उर्जामन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल समेतले राजीनामा दिइसकेका छन्।
सरकारमा यस किसिमको फेरबदलले आगामी दिनमा नीति र कार्यनीतिमा थप परिवर्तनको संकेत दिएको छ।
