वीरगञ्ज । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। देउवाको सचिवालयले उम्मेदवारी दर्ताअघि नै उनी चुनावी प्रतिस्पर्धामा नउत्रने औपचारिक जानकारी गराएको हो।
देउवाका छोरा भानु देउवाले जारी गरेको सूचनामा भनिएको छ, “नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।”
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई पार्टी संरक्षकको भूमिकामा रहँदै अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै आएको थियो।
२०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचन जित्दै आएका देउवा सो क्षेत्रबाट सात पटक सांसद निर्वाचित भइसकेका अनुभवी नेता हुन्।
यता देउवाले चुनाव नलड्ने निर्णयसँगै उनकी पत्नी आरजु राणा देउवा पनि टिकटबाट वञ्चित भएकी छन्। कांग्रेसले कैलाली–५ बाट नारायण शाहलाई उम्मेदवार बनाएको छ।
यसैबीच नेपाली कांग्रेसले देशभरका प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
कर्णाली तथा सुदूरपश्चिम
रूकुम पूर्व – कुसुम थापा मगर
रोल्पा – सुदनकुमार ओली
प्युठान – डा. गोविन्दराज पोखरेल
दाङ १ – योगेन्द्र चौधरी
दाङ २ – किरणकिशोर घिमिरे
दाङ ३ – दीपक गिरी
सल्यान – केशबहादुर विष्ट
डोल्पा – कर्णबहादुर बुढा
जुम्ला – दीपबहादुर शाही
कालीकोट – हर्षबहादुर बम
मुगु – खड्गबहादुर शाही
हुम्ला – जयपति रोकाया
सुर्खेत–२ – नारायण कोइराला
दैलेख १ – वासना थापा
दैलेख २ – दिक्पाल शाही
गण्डकी तथा लुम्बिनी
पाल्पा १ – सन्दीप राना
पाल्पा २ – हिमालदत्त श्रेष्ठ
गोरखा १ – प्रकाश खत्री
गोरखा २ – प्रकाश दुवाडी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
स्याङ्जा १ – भरत ढकाल
स्याङ्जा २ – भागवतप्रकाश मल्ल
बागलुङ १ – भीम शिरिष
बागलुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
मुस्ताङ – योगेन्द्र गौचन
लमजुङ – गमप्रसाद गुरुङ
मनाङ – टेकप्रसाद गुरुङ
पर्वत – अर्जुन जोशी
बागमती
दोलखा – अजयबाबु शिवाकोटी
धादिङ २ – रमेश धमला
रसुवा – मोहन आचार्य
काभ्रे २ – मधु आचार्य
नुवाकोट १ – डा. प्रकाशशरण महत
नुवाकोट २ – जगदीश्वर नरसिंह केसी
ललितपुर १ – उदय शमशेर राणा
सिन्धुली १ – उज्जवल बराल
कोशी प्रदेश
इलाम १ – निश्कल राई
इलाम २ – भेषराज आचार्य
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र मुम्मेह्याङ
तेह्रथुम – सन्तोष सुब्बा
धनकुटा – दिनेश राई
भोजपुर – बालकृष्ण थापा
खोटाङ – विरकाजी राई
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु – प्रकाशसिंह कार्की
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – डा. सुनिल शर्मा
सुनसरी ३ – विजय गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
मधेस प्रदेश
सप्तरी १ – रामदेव साह
सप्तरी २ – रामकुमार यादव
सप्तरी ३ – दिनेश यादव
सप्तरी ४ – तेजुलाल चौधरी
सिरहा १ – रामसुन्दर चौधरी
धनुषा १ – मुक्ताकुमारी यादव
धनुषा ३ – विमलेन्द्र निधि
बारा ३ – फरमुल्लाह मन्सुर
रौतहट तथा पर्सा सूची छुट्टै समावेश गरिने जनाइएको छ।
सुदूरपश्चिम (थप)
दार्चुला – धर्मानन्द जोशी
बैतडी – चतुरबहादुर चन्द
बझाङ – प्रकाश स्नेही रसाइली
बाजुरा – जनकराज गिरी
डोटी – भरतबहादुर खड्का
अछाम १ – भरत स्वार
अछाम २ – पुष्पबहादुर शाह
कञ्चनपुर १ – गोपी उपाध्याय
कञ्चनपुर २ – एनपी साउद
कैलाली १ – जनकराज चौधरी
कैलाली २ – विजय स्वार
कैलाली ३ – भरत बडुवाल
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – नरनारायण शाह
शेरबहादुर देउवाले चुनाव नलड्ने निर्णयसँगै कांग्रेसमा पुस्तान्तरणको संकेत देखिएको छ। पार्टीले देशभर अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको छ भने निर्वाचन तयारी तीव्र बन्दै गएको छ।
