आज:  | Tue, 21, Apr, 2026

रास्वपाबाट पर्सा–२ मा युवा सुशीलकुमार कानु उम्मेदवार

Avatar photo दिशा निर्देश ७ माघ २०८२, मंगलवार ०९:४८ मा प्रकाशित (३ महिना अघि)

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट युवा नेता सुशीलकुमार कानुलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा अघि सारेको छ।

सोमबार अबेर राति जनकपुरमा बसेको पार्टीको उम्मेदवार छनोट समितिको बैठकले कानुलाई पर्सा–२ को उम्मेदवार बनाउने निर्णय गरेको हो। कानु हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का निर्वाचित वडाध्यक्ष हुन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

रास्वपाले पर्सा क्षेत्र नम्बर १ बाट पार्टीका जिल्ला सभापति बुद्धिप्रसाद पन्त (हरि पन्त), क्षेत्र नम्बर ३ बाट रमाकान्त चौरसिया, तथा क्षेत्र नम्बर ४ बाट टेकमान शाक्यलाई उम्मेदवार बनाएको छ।

पार्टीले पर्साका चारवटै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित उम्मेदवार चयन गरेको जनाएको छ।


सम्बन्धित खबरहरु