वीरगञ्ज । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
पार्टी स्रोतका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ बाट हरी पन्त, क्षेत्र नं. २ बाट सुशील साह कानु, क्षेत्र नं. ३ बाट रमाकान्त चौरसिया र क्षेत्र नं. ४ बाट टेक बहादुर शाक्यलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा अघि सारिएको छ।
आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। यस अवसरमा पर्सा जिल्लावासी तथा शुभेच्छुकहरूसमक्ष उक्त जानकारी सार्वजनिक गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई प्राथमिकतामा राख्दै पर्सामा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने दाबी गरेको छ।
